|

रुकुम : 'रुकुमैको सेरो र फेरो' बोलको  झ्याउरे गीतको भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतको केही समयअघि नै अडियो बजारमा आइसकेको थियो ।

गीतमा रुकुम जिल्लाका पर्यटकीय र मनोरम ठाउँहरुलाई वर्णन गरिएको छ। आफ्नो जिल्लाको मौलिक संस्कृति जोगाउन र प्रचारप्रसार गर्न गीत तयार पारिएको गायक तिलक परियारले बताए।

पवन खड्काको प्रस्तुती रहेको गीतमा शब्द लक्ष्मण ओली र लय याम बस्यालको रहेको छ। गीतमा लोकप्रिय गायक तिलक परियार र प्रेम प्रकाश परियारले स्वर दिएका छन्। मालश्री रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड भएको हो।

भिडियो  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.