बजेट खर्चमा खरिद ऐन बाधक भएको निचोड

|

काठमाडौं : संसदकाे अर्थसमितिले सार्वजनिक खरिद ऐनका कारण बजेट खर्चमा समस्या देखिएकाे जनाएको छ। आगामी आर्थिक वर्षकाे बजेटकाे लागि सुझाव लिन सातै प्रदेश पुगेका दुई उपसमितिकाे प्रारम्भीक सुझाव लिँदै अर्थसमितिले खरिद ऐनलाई मुख्य समस्याका रुपमा लिएको हो । 

पुूप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतले सार्वजनिक खरिद ऐन संशोधन अनिवार्य रहेकाे औंल्यएका हुन्।

'क्षमता हाे कि होइन थाहा छैन, एउटै कम्पनीले १०/१५ ओटा आयाेजना थुपारेर काम नगरी बसेका छन्', पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने, 'यसकाा लागि पनि आँट गरेर खरिद ऐन संशोधन नै गर्नुपर्छ, होइन भने पुरानै रोग देखिन्छ।'

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले 'लाे बिडिङ र साना ठूला योजनालाई एउटै प्रकियामा टेण्डर खुलाइनु समस्या भएको बताए। 'ठूला र सानाकाे टेण्डर समयसीमा एउटै गरिएकाे छ, यसले साना आयाेजना कार्यन्वयनमा ढिलाई भएकाे छ', पाण्डेले भने, 'यसलाई संशोधन नगरी भएकाे छैन ।´ उनले टेण्डर स्वीकार्ने विषयमा पनि नीति बदल्नु पर्ने बताए। 'हामीले रकमकाे मात्रै 'लाे बिडिङ' हेरेर टेन्डर स्वीकार गरेका छाैँ। तर 'लाे बिडिङ'सँगै समय र गुणस्तरलाई पनि ख्याल गर्नु पर्छ।´

खरिद ऐन संशोधन गरेर सुधार गरेर अघि बढ्नुपर्ने बताए। अर्थमन्त्री डा. युवराज खतिवडाले ऐन संशोधनका लागि मस्याैदा गरिँदै गरेकाे जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.