|

जनकपुरधाम : नेपालको ऐतिहासिक एवं धार्मिक मन्दिर हो जनकपुरको जानकी मन्दिर। भगवान् सीताको जन्मस्थलका रूपमा रहेको यो मन्दिरमा दैनिक हजारौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। विशेषगरी नेपालका तराई क्षेत्रबाट र भारतबाट यस मन्दिरमा भत्तजन आउने गर्छन्। तर, जनकपुरधाम विश्वभरका हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर नै हो।

यस मन्दिरलाई मुगलशैलीको यस मन्दिर मिथिला संस्कृतिले झकिझकाउ छ। यसरी विश्वभरका हिन्दू धर्मावलम्बीसँगै अन्यको ध्यान खिचेको मन्दिरको व्‍यवस्थापन भने शून्य प्राय: छ। ‘हामीले चाहेर मात्र के गर्ने,’ जनकपुरमै जन्मेहुर्केका रामवीर ठाकुर भन्छन्, ‘अहिले त यहाँ पनि सरकार छ  खै यसले चासो दिएको।

कसैलाई वास्ता छैन। यसैले गर्दा जनकपुर र नेपालको शान उँचो भएको भूल्न थाले।’ जानकी मन्दिरको वरिपरिको वातावरण असाध्यै फोहोर र भद्रगोल छ। मन्दिरको भित्ताहरूमा छाडा कुराहरु लेखेर मन्दिरको सभ्यतालाई ख्याल गरेको देखिँदैन। जानकी मन्दिरको नजिकै रहेको राम मन्दिरको पनि हालत उस्तै छ। फोहोरको दुर्घन्धले मानिसहरु चाहेर पनि धेरै समय मन्दिरभित्र अडिन सक्दैनन्। 

जनकपुरधाम भ्रमणका क्रममा सन्तोष अधिकारीले क्यामेरामा कैद गरेका तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.