|

डडेल्धुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले कांग्रेस बिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने बताएका छन्। पार्टीको जागरण अभियानअन्तर्गत बुधवार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यक्रममा उनले कांग्रेस राष्ट्रियताको मेरुदण्ड भएकाले बताएका हुन्। उनले कम्युनिस्टहरूले राष्ट्रियता जोगाउन नसक्ने दाबी समेत गरे। 

कम्युनिस्टहरूको राष्ट्रियता नै नहुने उल्लेख गर्दै उनले उसले राष्ट्रियताको खोल मात्रै ओढेको आरोप लगाए।  ‘कांग्रेस बिनाको नेपालको परिकल्पना सकिँदैन। कम्युनिस्टहरूले राष्ट्रियता जोगाउँदैनन्।’ बलायरले भने–‘कम्युनिस्टहरूले भ्रमको खेती मात्रै गर्ने हो।’

प्रधानमन्त्रीको अभिव्यक्ति १० मा पढ्ने अखिलको केटाको जस्तो छैन !
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाभिमानलाई गुमाएको आरोप लगाए।‘ प्रधानमन्त्रीको अभिव्यक्ति १० मा पढ्ने अखिलको केटाको जस्तो छैन!’ उनले भने–‘उहाँले विदेशीसँग लम्पसार भएर स्वाभिमानलाई गुमाउनुभएको छ।’ प्रधानमन्त्रीले एउटा धर्मको आमन्त्रणमा सरकारी निवास छोडेर होटेलमा बस बस्ने? उनले प्रश्न गरे। ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई गुमाएको उनले दाबी गरे।

कांग्रेसले गरेका कामलाई समेत ओली सरकारले आफैँले गरेको भन्दै प्रचार गरिरहेको उनको गुनासो थियो। ओली सरकार आएयता भ्रष्टाचार, महंगी, कालोबजारीलगायतका बेथिति मौलाएको उनले आरोप लगाए।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता नलाग्नुमा समेत सरकार नै दोषी भएको उनले बताए। सरकार नै बलात्कारीलाई कारबाही गर्नुको सट्टा जोगाउन खोजिरहेको आरोप बलायरको थियो। 

बलात्कारी र भ्रष्टाचारीको रक्षक नेपाली जनताको मनको भक्षकका रूपमा नेपाली जनताको जन मानसपटलमा अहिलेको कम्युनिस्टको दुई तिहाइको सरकार क्रियाशील रहेको सुदूर प्रदेश सुभा सांसद तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरा सभापति कर्णबहादुर मल्लको आरोप छ। 

सुदूरपश्चिम प्रदेशसभा सांसद समेत रहेका मल्लले भ्रष्टाचारी सरकारका विरुद्ध कुनै पनि स्थानमा विरोध जनाउने विश्वास लिएको उनले बताए। कम्युनिस्टले देशलाई समृद्धि र सुखी नेपालीको नारा लगाइ जनतालाई झुक्याएर दुई तिहाको सरकार बनाउन सफल भए पनि जनताले आजको दिनमा दुःख भोगी रहेको उनले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.