|

काठमाडौं : राजधानीको बौद्धमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित भएका छन् । चाबहिलबाट बौद्ध जोड्ने सडक दुई वर्षदेखि कालोपत्रे नगरी अलपत्र छाडिएपछि स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् । 

बौद्ध र जोरपाटी क्षेत्रका व्यापारीहरु सटर बन्द गरेर सडकमा उत्रेपछि प्रहरीसँग झडप भएको हो । लामो समयदेखि पिच नगरी अलपत्र छाडिएको सडकले स्थानीयलाई सास्ती भएको छ । 

स्थानीय व्यसायी निश्चल बाँसकोटाका अनुसार ठेकेदारको ढिलाइले सडक पिच नहुँदा आजित भएका स्थानीय आन्दोलित भएका हुन्। 

सडकमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले लाठीचार्ज गरेपछि अवस्था तनावग्रस्त भएको छ। स्थानीयबासीले ठेकेदारको निर्देशनमा प्रहरी दमनमा उत्रिएको आरोप लगाएका छन् । 

चाबहिल–बौद्ध–जोरपाटी सडकखण्ड पिच गर्न भत्काएर अलपत्र पारेको दुई वर्ष भइसकेको छ। तर ठेकेदारको ढिलासुस्तीले धार्मिक तीर्थस्थल बौद्ध स्तुपा रहेको क्षेत्र अस्तव्यस्त भएको छ। 

पिच नगरिँदा हिउँदमा त्यो क्षेत्रलाई धुलोले ढाक्छ बर्षाको सिजनमा डुबान हुने गरेको छ। सरकारले पटक पटक ताकेता गर्दा पनि ठेकेदार विभिन्न बहानामा यो सडक निर्माण पुरा गरेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.