|

  •   विष्णुकुमार आले-

अर्घाखाँची : जंगलमा लागेको डडेलोका कारण शीतगंगावासीलाई निकै तर्साएको छ। शीतगंगा नगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक तथा राष्ट्रिय वनमा डडेलो लागेको हो। वनमा लागेको आगो जुनसुकै बेला पनी घरमा सल्किन सक्ने भन्दै अधिकांश स्थानीय रातको समयमा समेत राम्रोसँग सुत्न सकेका छैनन्। शीतगंगा नगरपालिका-३, ४,६,७,८,९,१०,१३  वडाका अधिकांश वनमा डडेलो लागेको हो। फुर्के सल्लीमा मंगलबार वनमा लागेको डडेलो बस्तीमा पस्दा तीन घर जलेर पूर्णरूपमा नष्ट भएका थिए।

'हामी ठुलाभरी घरभन्दा टाढा काममा गएका थियौं , केटाकेटी स्कुल गएका थिए। साँझपख घरनजिकै फुर्केसल्ली वनमा लागेको आगो आएर सबै सखाप पार्‍यो,' अग्निपीडित बुमबहादुर बिटालुले भने।

वडा नम्बर-६ मा रहेको देउराली खरस्याथरी राष्ट्रिय वनमा मंगलबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको वडाअध्यक्ष ऋषि रेश्मिले बताए। उनले भने, 'बस्ती वरिपरिको सयौँ हेक्टर वन आगोले खाइसकेको छ, गाँउमा केटाकेटी र वृद्धवृद्धाबाहेक अरू कोही छैन आगो नियन्त्रण गर्न निकै कठिन छ।' अमिलेखोलाबाट सल्केको आगोले गाउँनजिकै आएको छ, बल्लबल्ल गाँउ जोगाउन सफल भइएको उनले सुनाए।

यता, कोप्चीबास र सिद्धाराको करापु वन क्षेत्रमा लागेको  आगो गाउँनजिक पुग्न थालेपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएका प्रहरीको टोली र स्थानीयवासीको सक्रियतामा आगो निभाउने काम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.