|

दाङ : दाङका विभिन्न स्थानमा भएको आगलागीबाट १२ घरगोठ जलेर नष्ट भएका छन्। ५३ लाख बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १ सिरुखर्क र राजपुर गाउँपालिका १ पटौलीमा बुधवार साँझ भएको आगलागीबाट ६ घर र ६ गोठ जलेर नष्ट भएका छन्।

घोराही उपमहानगरपालिका १ सिरुखर्क ५ घर र ५ गोठमा आगलागी हुँदा ५० लाख ९० हजार बराबरको क्षति भएको छ। बस्ती नजिकै रहेको सल्लीकोट सामदायिक बनबाट फैलिएको आगाले हेमलाल थापा, मेघराज थापा, शिबलाल थापा, देवबहादुर थापा र प्रेमबहादुर  थापाको ५ घर र ५ गोठ जलेर नष्ट भएका छन्।

वनमा फैलिएको आगोको झिल्काले आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिए।  त्यस्तै राजपुर गाउँपालिका १ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागी भएको छ।

सोलारको तार सर्ट भएर भएको आगलागीबाट ४ वटा बाख्रा मर्नका साथै घरगोठ पूर्णरुपले जलेको प्रहरीले जनाएको छ। आगलागीबाट ढाई लाख बराबरको क्षति भएको छ। यसअघि मंगलबार मात्रै घोराही उपमहानगरपालिका १ तल्लो मालेमा ८ घरगोठ जलेर नष्ट हुँदा साढे ३१ लाखको क्षति भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.