मनोरञ्जन

पिरतीको नर्सरी कक्षामा एकनारायण भण्डारी, भिडियो
SHARES

बैशाख २६, २०७६

    पर्वत : ‘सिक्स एट बिट’ का लोक गीतहरू बजारमा आउने होड चलिरहेको बेलामा गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द र संगीतमा यही बिटको गीत बजारमा आएको छ। 

    ‘छिपछिपे पानीमा लेऊ ’ नामक गीत बजारमा आएको हो। गीतमा विष्णु माझी र पीताम्बर जीसीको स्वर रहेको छ। प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा नायक दीलिप रायमाझी र सुरक्षा पन्तको अभिनय रहेको छ। गीतको छायांकन राजेश घिमिरेले गरेका छन्। 

    पछिल्लो समयमा नेपाली लोक गीतको बजारमा नाच्न मिल्ने खालका ‘सिक्स एट बिट’ का गीतहरू बढी मात्रामा बजारमा आएका छन्। यी गीतहरूमा ‘कोरस’ स्वर र ‘कोरस डान्सर’ हरूको प्रयोग पनि बढी हुने गरेको छ।

    लोक गीतको क्षेत्रमा आएका यस्ता गीतहरूले अहिलेसम्म बजारमा चल्दै आएका गीतहरूको ‘ट्रेन्ड’ नै परिवर्तन गरिदिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]