|

क्यान्सरसँग जुधिरहेका प्रसिद्ध भारतीय अभिनेता इरफान खानले बच्चा झैं पाइला चाल्दै काममा फर्किएको बताएका छन्। बिहीबार एक प्रेस नोट जारी गर्दै उनले काम र उपचारबीच सन्तुलन मिलाउने कोशिश गरिरहेको बताएका हुन्।

'केही महिनायता म स्वास्थ्य लाभ गरिरहेको थिएँ। मेरो लागि यो रिलबाट रियल-लाइफको यात्रा जस्तो कष्टकर थियो', उनले भने, 'मलाई थाहा छ। मिडियाका साथीहरू यो यात्राबारे मसँग कुराकानी गर्न उत्सुक हुनुहुन्छ। तर म आँफै सम्हालिँदै छु। बच्चाझैं हिँड्दै छु। कुनै दिन जरुर मेरो अनुभव बाँड्ने छु।'

इरफान अधुरा कामलाई प्राथमिकता दिने निर्णय गर्दै एक महिनाअघि काममा फर्किएका थिए। एक महिनाको अन्तरालमा उनले 'अंग्रेजी मिडियम' को काम गरिसकेका छन्। 'हिन्दी मिडियम' को सिक्वेलको रुपमा आउन लागेको उक्त चलचित्रमा इरफान करिना कपुरसँग झुल्कने छन्।

उपचारको क्रममा लामो समय लण्डनमा बिताएका उनले मिडियाले देखाएको सद्भाव र धैर्यका लागि आभार व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.