प्रहरीद्वारा हवाई फायर, १५ जना पक्राउ

|

चितवन : इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा एक युवक झुण्डिएको फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ । 

कालिका नगरपालिका–१ का समिर घिसिङ हिरासतभित्रकै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेका हुन् । स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो।

झुण्डिएको अवस्थामा भेटिएका घिसिङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तर आफन्तले घिसिङको मृत्यु भएको भन्दै प्रहरी कार्यालय तोडफोड र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । 

स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ । केही सेल अश्रुग्यास पनि हानिएको छ। तनाव बढेपछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार बल प्रयोग गरी राजमार्ग खुलाइएको छ । घिसिङ बुधबार चोरी अभियोगमा पक्राउ परेका थिए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.