|

काठमाडौं :  यो वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।  अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन्। 

यस्तै, यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात परिन भने  ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले जितिन्। ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिको हात पर्यो। 

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन्।  २५ जना सहभागी मध्ये अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो।

कुन विधामा को विजेता ?

मिस नेपाल वर्ल्ड  : अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स : प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ : रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल : मीरा कक्षपति
मिस नेपाल सुपर नेशनल  : रोज लामा
मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी
पपुलर च्वाइस : रीया बस्नेत
मिस फ्यासिनो : अनुष्का श्रेष्ठ
मिस कन्फिडेन्स : निशा पाठक
व्यूटी विध प्रपोज : निकिता कर्माचार्य
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.