|

स्पेनी क्लब रियल मड्रिडका पोर्चुगाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको बालोन डिओर अवार्ड जितेका छन्। उनले चीर प्रतिद्वन्द्वी तथा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीलाई पछि पार्दै चौथो पटक उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

३१ वर्षिय रोनाल्डोले गत सिजनमा आफ्नो क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आफ्नो देश पोर्चुगललाई युरो कप २०१६ को उपाधि जिताउन तीन गोल गरेका थिए। रोनाल्डोले सन् २००८, २०१३, २०१४ र २०१६ गरी चार पटक बालोन डिओर अवार्ड जितेका हुन्।

‘मैले कहिल्यैपनि सोचेको थिइन कि चार पटक गोल्डेन बल जित्नु भनेर म धेरै किर्तज्ञ छु र मैले धेरै भाग्यमानी महसुस गरेको छु’ अवार्ड जितेपछि रोनाल्डोले भने। उनले पोर्चुगाली राष्ट्रिय टिमका खेलाडी, रियल मड्रिडका खेलाडी र आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिएका छन्।

गत सिजनमा रोनाल्डोले खेलेका ४२ खेलमा ३८ गोल गरेका थिए भने १४ वटा गोलका लागि मद्दत गरेका थिए।  बालोन डिओरका लागि विश्वभरीका १ सय ७३ जना पत्रकारले भोटिङ गरेका थिए।

बालोनडिओरमा एथ्लेटिको मड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले तेश्रो स्थान हासिल गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.