|

काठमाडौं : माग पूरा नभएको भन्दै भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरू अनशन बसेका छन्। आन्दोलनको १६ औं दिनसम्म मागको सुनवाइ नभएको भन्दै अनशन सुरु गरेको संघर्ष समिति संयोजक त्रजिना जतिले बनाइन्।

प्रत्यारोपण केन्द्र प्रशासनले पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा काम गरेकैलाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नु पर्नेसहितका मागसहित उनीहरूले आन्दोलन थालेका थिए।

माग पूरा नभएपछि नेपाल नर्सिङ संघ र प्रत्यारोपण केन्द्र दुवै ठाउँमा अनशन बस्‍न लागेको उनले बताइन्। 'माग पूरा नभएपछि हामी दुई ठाउँबाट अनशन बस्न लागेको हौँ', उनले भनिन्, 'माग पूरा नभएसम्म अनशन जारिरहन्छ।' शुक्रबारदेखि प्रत्यारोपण केन्द्रमा केन्द्रमा कार्यरत नर्स डिकी शेर्पा र नर्सिङ संघमा केन्द्रका नर्सहरूको मागको समर्थनमा पोखराकी नेपाल नर्सिङ संघकी आजीवन सदस्यसमेत स्वतन्त्र नर्स जिता बराल अनशन बस्न थालेका छन्।

आन्दोलनरत नर्सहरूले गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई घेराउ गरी समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए। तर नर्सलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेका थिए। सेवा सुविधासम्बन्धी माग अघि सार्दै आन्दोलन गरिरहेका नर्सहरू पछिल्लो समय लोक सेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन खोलेपछि आक्रोशित भएका छन्।

यता केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले  माग पूरा हुँदा पनि आन्दोलनको अर्थ नरहेको बताए। उनले भने, 'कानुनसम्मत अस्पतालबाट दिनुपर्ने सबै सुविधाहरू हामीले दिएका छौँ। बिनाअर्थ आन्दोलन गरेर बिरामीले पाउने सेवामा असर गर्नु कुनै अर्थ छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.