|

धनगढी : बाजुराको मार्तडीबाट कोल्टी जाँदै गरेको ट्याक्टर बुढिनन्दा नगरपालिका-५ दान सागुमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित दुईजना घाइते भएका छन्।

कुखुराको दाना बोकेको लु४त ७८१ नं को ट्रयाक्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा बुढिनन्दा नगरपालिका–७ बस्ने २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धव सिंह भाटले जानकारी दिए। खड्काको उपचारको क्रममा कोल्टी स्वास्थ्य कार्यालयमा मृत्यु भएको हो। घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउँपालिका– ३ बस्ने प्रकाश शाही छन्। घाइतेको कोल्टी स्वास्थ्य संस्‍थामा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.