|
फाइल फोटो

धनगढी : धनगढीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्। शुक्रबार साँझ धनगढी उप–महानगरपालिका-३ का २६ वर्षीय टेकबहादुर बलायरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। धनगढीबाट अत्तरिया जाँदै गरेको युपी३१टी ४८१७ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको से६प ३२१७ नम्बरको स्कुटरलाई शुक्रबार बेलुका ठक्कर दिएको थियो।

मृतकका आफन्त र स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्। घटनापछि अबेर रातिसम्म उक्त क्षेत्र तनावपूर्ण रह्यो। भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। चालकलाई कानुनबमोजिम कारबाही गर्ने सहमतिपछि अवरुद्ध अत्तरिया धनगढी सडक राति साढे १२ बजेबाट यातायात सुचारु भएको छ। चालक भारत लखिमपुरका रवि शंकरलाई प्रहरीले नियन्त्रण लिएको छ। स्कुटरमा सवार पूजा तामाङ सामान्य घाइते भएको र उनी सेती अञ्चल अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.