|

डोल्पा : हिमाली जिल्ला डोल्पाका गाउँबस्तीमा पुगेर नेपाली कांग्रेसले जागरण अभियान कार्यक्रम तीव्रताका साथ अगाडि बडाएको छ। ६ महिने जागरण अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम लिएर कांग्रेस नेताहरु डोल्पाका विकट बस्तीहरुमा पुगेका छन्।

सरकारको बलियो प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसले सदरमुकाम दुनैबाट जागरण अभियानको कार्यक्रम प्रारम्भ गर्दै गाउँ बस्तीमा पुगेको हो।

स्थानीय,प्रदेश र केन्द्रिय चुनावमा ब्यहोर्नुपरेको लज्जास्पद हारका कारण बिचलित भएका देशैभरका नेता कार्यकर्तालाइ शक्ति भर्न तथा वर्तमान सरकारका नकरात्मक गतिबिधिलाइ जनतामाझ लगेर सुसुचित गराउन जागरण अभियान सुरु गरेको डोल्पा कांग्रेसले जनाएको छ।

सदरमुकाम दुनैबाट प्रारम्भ भएको जागरण अभियानलाई गाउँबस्तीमा पुर्‍याउने क्रममा त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोट बजारमा पनि कांग्रेसले सयौँ नेता कार्यकर्ता भेला गरेर सरकारको नकरात्मक कामको भण्डाफोर गरेको छ।

जागरण अभियानलाइ सफल बनाउन जिल्लाका विकट गाउँबस्तीबाट सयौँ पुरुष तथा महिला कार्यकर्ताहरु भेला भएका थिए।

आन्तरिक द्धन्द र निष्क्रिय जिल्ला कार्यसमितिका कारण पार्टी कमजोर भएको बताउँदै पार्टीलाइ अग्रपंक्तिमा लैजानकालागि नेतृत्व क्रियाशील हुनुपर्ने कार्यक्रममा सहभागी कार्यकर्ताले सुझाब दिए।

कांग्रेसको जागरण अभियानलाइ सम्‍बो धनगर्न डोल्पा पुगेका पूर्वमन्त्री हृदयराम थानीले दुइपार्टी एक भएकाले कांग्रेसले हार ब्यहोरेपनि अब आउने चुनावमा कांग्रेस देशमै एक नम्‍बर हुनबाट कसैले रोक्न नसक्ने बताए।

बर्तमान सरकारको कार्यशैलीका कारण नेपाली जनाता आजित भइसकेकाले अब देशमा काँग्रेसको बिकल्प नभएको समेत दाबी थानीले गरे।

सधै सत्तामा रहेको कांग्रेसलाई दुई/चारवर्ष सत्ताबाहिर बस्न कुनै आपत्ति नरहेको बताउँदै आश्वासनको खेती गर्ने सरकारले देश र जनताका लागि काम गर्न नसकेको कार्यक्रमका बक्ताहरुले बताएका थिए।

डोल्पाली कांग्रेस नेता कार्यकर्ताहरूलाई अभिभावकको भरोषा दिलाउन तथा जागरण अभियानलाई सम्‍बोधन गर्न पुगेका केन्द्रीय सदस्य कुमार खड्काले वर्तमान सरकारका गतिबिधिहरु जनतामाझ पुर्याउन र सुसुप्त अवस्थामा रहेका कांग्रेस कार्यकर्तालाई जागरण भर्न कांग्रेसले देशव्‍यापी जागरण सुरु गरेको बताए।

कार्यक्रममा आधादर्जन नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन्। कायक्रममा पूर्वपार्टी सभापति, भ्रातृ संगठनका अध्यक्ष, संस्थापक नेता  कार्यकताहरुको उल्लेख्य सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.