|

इरानसँग तनाव बढिरहेका बेला अमेरिकाले मिसाइल प्रणालीसहितका युद्धपोतहरू मध्यपूर्वमा पठाएको छ। केही दिनअघि मात्रै इरानलाई आणविक हतियार उत्पादनसम्बन्धी सम्झौता नतोड्न चेतावनी दिएको अमेरिकाले वायु तथा जल युद्धपोतहरु मध्यपूर्वमा पठाएको बिबिसीले जनाएको छ।

बुधबार मात्रै अमेरिकाले इरानमाथि थप प्रतिबन्धहरु घोषणा गरेको थियो। अमेरिकाले युद्ध पोतमा मिसाइल प्रणालीसहित युद्धक विमानहरु र ठूलो मात्रामा हतियारहरु खाडी मुलुकमा पठाएको अनुमान गरिएको छ। शक्तिशाली वम वर्षक वायु यान युएस बी–५२ कतारमा अवतरण भइसकेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। कतारविरुद्ध नाकाबन्दीमा साँठगाँठ गरेको इरानलाई यसअघि अमेरिकाले परमाणु सम्झौता नतोड्न दबाब दिँदै आएको थियो।

उसलाई परमाणु सम्झौतामा सहभागी बेलायत, फ्रान्स र जर्मनीले समेत सम्झौता उल्लंघन गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। इरानका एक अधिकारीले भने अमेरिकाले इरानको मनोबल घटाउनका लागि हतियारसहितका विमान पठाए पनि आफूहरू नडराएको र आवश्यक परे जवाफ दिने चेतावनी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.