|

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ १ गतेदेखि सुरु हुने भएको छ। गत वर्ष माघ ४ गते सुरु भएको हिउँदे अधिवेशन वैशाख १२ गते अन्त्य भएको थियो।

जेठ १ गते दिउँसो ३ बजे प्रदेश सभाको चौथो अधिवेशनको पहिलोबैठक बस्ने सभामुख अर्जुनबहादुर थापाले बताए। उनले भने, ‘जेठ १ गते बैठक बस्दै छ। आगामी आर्थिक बर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा उक्त अधिवेशन केन्द्रित हुनेछ।’ आगामी अधिवेशनमा सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनले पनि प्राथमिकता पाउने सभामुख थापाको भनाइ छ।

स्थायी राजधानीका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने छ’ सभामुख थापाले भने, ‘उक्त रकमबाट राजधानी कार्यान्वयन प्रारम्भ गरिनेछ।’

प्रदेशसभाको दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा राजधानी राख्ने निर्णय पारित गरे पनि अझै संरचना भने निर्माण हुन सकेका छैनन्। वन मासेर राजधानी बनाउन लागेको भन्दै सर्वोच्व अदालतकामा मुद्दा परेपछि सरकारलाई कानुनी अड्चन सुरु भएको हो।

सभामुख थापा भने अदालतलाई जवाफ पठाइसकेको र केन्द्र सरकारसँग जग्गा उपलब्धका लागि प्रदेश सरकारले पहल गरिरहेको भन्दै बजेट अधिवेशनका राजधानी कार्यान्वयनमा आउने दाबी गरेका छन्।

चौथो अधिवेशनका लागि दुईवटा विधेयकहरू तयार अवस्थामा रहेका छन्। ‘सुदूरपश्चिम प्रदेशको स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र ‘सुदूरपश्चिम प्रदेशको औद्योगिक विकाससम्बन्धी विधेयक २०७५ प्रदेश सभामा पुगेमा पुगेका छन्। ‘ सुदूरपश्चिम प्रदेशको स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ ’ दफाबार छलफलपछि पारित हुने क्रममा रहेको छ।

‘सुदूरपश्चिम प्रदेशको औद्योगिक विकाससम्बन्धी विधेयक २०७५’ भने प्रदेश सभा सचिवालयमा दर्ता भएको छ। सभामुख थापाले अगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम, बजेट, र केही विधेयकहरू पारित हुने गरी बजेट अधिवेशनको आह्वान गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.