|

रौतहट : रौतहटमा शनिबार बिहान बाख्रा चराउन गएका दुई जना बालिकाको बकैया नदीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको परोहा नगरपालिका २ जिगडवाटोल बस्ने शेख सलाउद्धिनकी ८ वर्षीया छोरी नसिवुन खातुन र महमदलाल महमदकी ८ वर्षीया छोरी रश्मी कपुरको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खडकाले जानकारी दिएका छन।

शनिबार बिहान करिब ८ बजे बाख्रा चराउन गएका ती बालिकाको नदीमा नुवाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक खडकाले जानकारी दिए।बालिकाको शव नदी किनारमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृत्यु भएका बालिकाको शव परीक्षण प्रश्चात परिवारजनलाई बुझाइएको थियाे।घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तराइमा बढदो अत्यधिक गर्मीको कारण स्थानीय बालबालिका ताल तलैया तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.