विश्व

चीनलाई उछिन्दै जापान, विश्वकै तीब्र गतिको बुलेट ट्रेन बनायो
SHARES

बैशाख २८, २०७६

    टोक्यो : जापानले विश्वकै सबैभन्दा तीब्र गतिको  बुलेट ट्रेनको परीक्षण सुरू गरेको छ। यो ट्रेन ४०० किलोमिटर प्रतिघण्टा (२४९ माइल प्रतिघण्टा) को गतिले चल्नेछ। 

    जापानले आफ्नो यस बुलेट ट्रेनको नाम एएलएफए-एक्स अर्थात् अल्फा-एक्स दिएको छ। शिनकानसेन ट्रेनको अल्फा-एक्स ट्रेनक परीक्षण शुक्रवारबाट सुरू भएको हो। समाचार अनुसार यो ट्रेन २०३० देखि सञ्चालनमा लगिनेछ। 

    सीएनएनका अनुसार यस शिनकानसेन ट्रेनको अल्फा-एक्स भर्सनको ट्रायल तीन वर्ष भन्दा लामो समय गरिनेछ। जसको सुरूवात १० मेबाट भएको छ। यो बुलेट ट्रेन चीनको चर्चित ट्रेन फुक्सिङ् होआ भन्दा १० किलोमिटर तीब्र गतिमा दौडिनेछ। फुक्सिङ्ग ट्रेनको डिजाइन पनि समान क्षमताका साथ अल्फा-एक्स भर्जनकै हो।

    अल्फा-एक्स बुलेट ट्रेनको ट्रायल जापानको सिदाई र ओमोरी शहरबीच हुनेछ। जसबीचको दूरी लगभग २८८० किलोमिटर छ। समाचार अनुसार यस ट्रेनको ट्रायल आधा रातमा हुनेछ। जुन बेला रेलवे लाइन पुरै खाली हुन्छ। यस ट्रेनको ट्रायल सातामा दुई पटक हुने भएको छ। 

    जापानले पहिलो पटक तीब्र गतिको ट्रेन चलाउने विचार सन् १०३० मा गरेको थियो । सन् १९६४मा जब पहिलो पटक तीब्र गतिको ट्रेन चल्यो तब मानिसले त्यसलाई बुलेट ट्रेन भन्न थाले। 

    जापानी बुलेट ट्रेन नेटवर्कलाई शिनकासेन भनेर जानिन्छ। जसको मतलब नयाँ मुख्य लाइन हो। अहिले सबैभन्दा तीब्र गतिको ट्रेन चीनमा छ। संघाई मैग्लेभ बुलेट ट्रेन दैनिक यात्रु बोकेर २६८ माइल प्रतिघण्टाको गतिमा चल्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]