|

पर्वत : महाशिला गाउँपालिका ६ फलाम खानीका शेरबहादुर गुरुङले स्थानीय दुई विद्यालयको लागि २४ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। गुरुङले फलाम खानी आधारभूत विद्यायलाई १० रोपनी र मदन आश्रित माध्यमिक विद्याालयलाई १४ रोपनी जग्गा प्रदान गरेका हुन्।

‘उहाँले फलाम खानी आधारभूत विद्यालयलाई १० र मदन आश्रित विद्यालयलाई १४ रोपनी जग्गा नामसारी गरिदिनुभएको हो',  फलाम खानी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर विश्वकर्माले हो।’ प्रधानाध्यापक विश्वकर्माले भने, ‘प्रचलित मूल्यअनुसार जग्गाको मूल्य २४ लाख रुपैयाँ पर्छ।’

हाल रूपन्देहीको मणिग्राममा बस्दै आएका जग्गादाता गुरुङले शिक्षा क्षेत्रको विकास भए मात्र समाज समृद्ध हुने ठानेर विद्यालयका लागि जग्गा प्रदान गरेको जानकारी दिए।  उनले भने, ‘म जहाँ भए पनि जन्मथलोको मायाले, जिजुबाजेले पाखुरा दाएको ठाउँको मर्मले सहयोग गर्नुपर्छ।’ आगामी दिनमा पनि आर्थिक तथा भौतिक सहयोग गर्ने उनको भनाइ छ।

विद्यालयलाई जग्गा उपलब्ध गराएको भन्दै जग्गा दाता गुरुङलाई दुवै विद्यालयले सम्मान पनि गरे। कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई गुरुङले जग्गाको लालपुर्जा हस्तान्तरण गरे। उनले  फलामखानी आधारभूत विद्यालयमा एक लाख पचास हजार रुपैयाँको अक्षयकोष पनि स्थापना गरे। गुरुङले मदन आश्रित माध्यमिक विद्यालयमा पनि आठ लाख रुपैयाँ दिने घोषणा गरे।

विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाइ सञ्चालन गर्न उनले रकम सहयोग गर्न लागेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.