|

मनाङ : बेसीसहर-चामे सडक खण्डमा  पर्ने मनाङका पिसाङ खोला दूधखोला, तिमाङ खोला, सब्जे खोलामा  बेलिब्रिज सम्झौता गरेको म्याद सकिँदा पनि  निर्माण  हुन सकेको छैन। २०७५ असार मसान्तसम्ममा निर्माण कार्यसक्ने गरी २०७४ सालमा सम्झौता गरी काम सुरु भएको थियो।

सम्झौताको एक वर्ष बितिसक्दा पनि सम्झौता गरेको क्याराभान कन्सलटेन्सी कम्पनीले  एउटा मात्र  पुल निर्माण गरेको छ। मनाङका यी खोलामा बेलीब्रिज निर्माण गर्न २२ करोडको सम्झौता गरेर काम सुरु गरिएको थियो। कुनै खोलामा जगसम्म  खनिएको छ भने कुनैमा कामै सुरु गरेको छैन। काम किन भएन भन्ने जिज्ञासामा कम्पनीका इन्जिनियर नारायण लामाले हिउँदमा हिउँ र बर्खामा वर्षाले काम गर्न नसकिएको बताए।

सडक डिभिजन र ट्रिपल पि कम्पनीसँग काम गर्दै आएको यस कम्पनीले सम्झौता सकिँदा पनि काम नगर्दा सर्वसाधारण र यात्रु मर्कामा परेका छन्। यसरी एउटै कम्पनीले ठेक्का पट्टा लिने र काम गर्ने मानिसहरु सीमित हुँदा पनि यसो भएको कन्सल्टेन्सीले बताएको छ। समयमा काम नगर्ने यस्ता कम्पनीलाई सरकारले कारबाही गर्नुपर्नेमा  स्थानीयको जोड छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.