|

काठमाडौं :  संगीतकार सुरेश गैह्रे सम्मानित भएका छन्। गीत गजल र शीतलको नवौँ श्रृंखलामा उनी सम्मानित भएका हुन्। कुञ्ज नाटक घरमा भएको कार्यक्रममा उनले आफ्ना आधा दर्जन गीतसमेत सुनाए।

सम्मानित गैह्रेले यो सम्मान आफ्नो सांगीतिक जीवनमा ठूलो अर्थ राख्‍ने बताए। 'साहित्य र संगीत भनेको संगत रहेछ। आफूलाई नयाँ पुस्ताका गजलकारहरूले सधैँ मोहित बनाएको छ', उनले थपे, 'म नयाँ पुस्तासँग सहकार्य गर्न चाहन्छु।'

कार्यक्रममा कवि श्रवण मुकारुङले आफ्ना आधा दर्जन चर्चित गीत सुनाए। आफूलाई गजल लेख्न नआए पनि गजलको पारखी भएको बताए। 'गजलबारे बजारमा अनेक टिकाटिप्पणी हुन्छन्। नकारात्मक टिकाटिप्पणी गर्नेहरू देख्दा दया जाग्छ,' उनले भने, 'नकारात्मक टिप्पणी गर्नुभन्दा गजलबारे अध्ययन गर्न जरुरी छ।' कार्यक्रममा गजलकार सुमन स्‍मारिकाले आफ्ना गजल प्रस्तुत गरिन्। समसामयिक घटना, प्रेम तथा पारिवारिक विषयमा आधारित उनका गजलले दर्शकको साथ पाएको छ। कार्यक्रमको सहजकर्ता गजलकार तथा गीतकार शीतल कादम्बिनीले गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.