|

सप्तरी : सप्तरीको सुरुङ्गा नगरपालिका-१ स्थित हस्पिटल चोकमा ट्रयाक्टरमा स्कुटर ठोक्किँदा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार राति करिब साढे १० बजेतिर कदमहा गाईघाट सडक खण्डको हस्पिटल चोकमा रोकिराखेको स.१त ५००२ नम्बरको ट्रयाक्टरमा ठोक्किएका स्कुटर चालक ३२ वर्षीय प्रवीण चौधरीको मृत्यु भएको हो। काम विशेषले उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित घरबाट गाईघाट हुँदै कदमहातर्फ आउँदै गरेको चौधरी आफैंले चलाएको स.१०प ५८८७ को स्कुटर ट्रयाक्टरमा ठोक्किँदा गम्भीर घाइते भएका थिए।

तत्काल उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरिएका चौधरीको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रयाक्टर र चालकलाई  नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.