|

  • अनिल खत्री-

गुल्मी : संविधान संशोधन विधेयकमा ५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा मंगलबार गुल्मीमा कालोपट्टी बाँधेर दौड जुलुस गरिएको छ। विधेयकको विरोधमा चलिरहेको आन्दोलन १४ दिन पुग्दा पनि सरकारले सुनुवाइ नै नगरेकालेगति बढाएर छिटो संशोधन फिर्ता लिन दबाव स्वरुप दौड जुलुस प्रर्दशन गरिएको सयुक्त संघर्ष समितिले जनाएको छ।

युवा, विद्यार्थीको अगुवाईमा निकालिएको जुलुसमा नेकपा मालेकी संससद कमला विश्वकर्मा सहित बिभिन्न राजनितिक दल, , नागरिक समाज र स्थानीय वासिन्दाको सहभागीता थियो। उनीहरु सदरमुकाम तम्घासको उदिनढुङ्गाबाट नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरेका थिए।

कोणसभामा नेकपा मालेकी संसद विश्वकर्माले संसदमा दर्ता भएको संशोधन बिधेयक कुनै पनि हालतमा पारित गर्न नदिने बताइन्।

१४ दिनको बन्दले गुल्मी ठप्प, जनजीवन कष्टकर     

गुल्मीमा १४ दिनदेखि अनिश्चितकालीन बन्दले जनजीवन कष्टकर बन्दै गएको छ। बन्दकर्ताले बिहानैदेखि बन्द गराउदै हिँड्नाले सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना बन्द छन् भने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन्। तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन्।

गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ।

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ विरोधमा उत्रने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.