अनुसन्धान भइरहेको गंगालालको स्पष्टिकरण

|

काठमाडौं :  बाँसबारीस्थित गंगालाल ह्यदय रोग केन्द्रमा गलत रगत चढाउँदा मृत्यु भएकी बालिकाको शव परिवारले अझै लान पाएको छैन।

बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले गलत रगत चढाउँदा मृत्यु भएकाले कारबाही माग गर्दै शव लैजान नमानेका हुन्। उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाही नभएको बताएपछि शव त्रिवि शिक्षण अस्पतालमा अलपत्र परेको छ।

बालिकाको उपचारमा लापरबाही गरी गलत रगत चढाउने चिकित्सकमाथि कारबाही मागसहित दिइएको उजुरी पनि प्रहरीले दर्ता गर्न नमानेको गुनासो पीडितपक्षले गरेको छ।

बालिकाका आफन्त सुरेन्द्र साहले भने, ‘ उपचारमा डाक्टरले लापरबाही गर्दा हाम्री बच्चाको मृत्यु भएको छ, लापरबाही गर्ने गर्ने डाक्टरलाई कारबाही गरेर हामीलाई क्षतिपूर्ति माग गरेका हौँ।'

अनुसन्धान हुँदै

गंगाल अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र पाण्डेले बच्चाको मृत्युबारे अनुसन्धान भइरहेको बताएका छन्। ‘हामीले पनि आन्तरिक अनुसन्धान गरिरहेका छौँ', उनले भने, 'मेडिकल काउन्सिलले पनि अनुसन्धान गरिरहेकाले सघाइरहेका छौँ।'

यो घटनालाई लिएर एकै व्यहोरामा मेडिकल काउन्सिललगायत निकायमा उजुरी दर्ता भइसकेको छ । वैशाख १७ गते सर्लाहीकी ५ वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको थियो । बालिकाको मृत्युबारे नेपाल मेडिकल काउन्सिल र गंगालाल अस्पतालले छानबिन गरिरहेको जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.