|

जुम्ला । जुम्ला बजारदेखि पूवी भेगमा पर्ने गोठीचौर गाउँपालिका-२, कोदारी साधेपानीमा एकीकृत घुम्ती शिविरमा स्थानीयलाई नागरिकतादेखि सिम कार्डसम्म वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजना तथा गोठीचौर गाउँपालिकाको समन्वयमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो।

एकृकीत घुम्ती सेवामा प्रहरी प्रशासन, स्वास्थ्य, पशुसेवा, पशुसेवा, हुलाक, टेलिकमसहित दर्जन बढी संघीय सरकारी कार्यालय ग्रामीणमा पुगेर सेवा प्रवाह गरेको प्रमुख जिल्ला अधिकारी  दुर्गा बञ्जाडेले बताइन्।

उनले भनिन्, 'एकीकृत घुम्ती सेवामा सिम कार्ड, नागरिकता, तरकारीको बीउबिजन वितरण, स्वास्थ्य उपचार, पशुचौपायको औषधि तथा प्राविधिक सल्लाह, मतदाता नामावली, हुलाक टिकट, सुत्केरी महिलालाई सरसफाईका सामग्री वितरणलगायत दर्जन बढी सेवा प्रवाह गरिएको छ।'

प्रमुख जिल्ला अधिकारी बञ्जाडेका अनुसार यहाँका स्थानीय नागरिक राज्यको सेवा सुविधाबाट बञ्चित नहुन भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिक उपलब्ध गराउने व्यवस्था गरिएको हो। ७०/७५ वर्ष उमेर पुगेका स्थानीयलाई नागरिकता वितरण गरिएको छ।यहाँदेखि प्रशासन पुगेर नागरिकता लिन असहज हुन भएकाले असहजतालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको उनले बताइन्। उनले थपिन् 'आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने छ।'

शिविरबाट ४८५ जानले निःशुल्क कृषि बिउ, २८२ जनाको स्वास्थ्य उपचार, २५० जनाले पशुसेवा र ५५ जना पुरुष र ४५ जना महिला गरी एक सय जनाले फोटोसहितको मतदाता नामवाली दर्ता गरेका छन्।

त्यस्तै, ५० जना पुरुष र ४१ जना महिला गरी ९१ जनाले नेपाली नयाँ नागरिकता लिएका छन्। प्रतिलिपि नागरिकता ३ जनाले लिएका छन् १५ जनालाई सिम कार्ड वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.