|

नयाँ दिल्ली : यतिबेला लोकसभा चुनावको सरगर्मीले भारतको राजनीति तातेको छ। तर दुई दिनयता चुनावसँगै अर्को 'हटकेक' विषय बनाइदिएको छ विश्वचर्चित टाइम म्यागेजिनले। 

दोस्रो पटक सत्तामा पुग्ने दाउमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोक सभा चुनावकै बेला टाइमले 'भिलेन' का रुपमा प्रस्तुत गरेपछि राजनीति झनै तातेको हो। मोदीलाई महाविभाजनकारीको संज्ञा दिँदै टाइमले आफ्नो नयाँ अंकमा फिचर गरेपछि भाजपामा हंगामा भएको छ।

भोट हाल्न तयार मतदाताको निर्णयमै परिवर्तन गर्ने गरी टाइमले मोदीलाई 'इन्डियाज डिभाइडर इन चिफ' का रुपमा चित्रित गर्दै कभर पेजमा फिचर गरेको थियो। टाइमको यो लेखलाई लिएर भारतमा पक्ष विपक्षमा चर्को विवाद भइरहेका भाजपाले अनौठो तर्क गरेको छ।

भाजपाले 'टाइम' को कभर पेजमा मोदीलाई 'महाविभाजनकारी' भन्दै लेखिएको समाचार पाकिस्तानीले लेखेको दाबी गरेको छ। टाइमको अन्तर्राष्ट्रिय संस्करणमा मोदीलाई 'महाविभाजनकारी' भनि प्रकाशित गरिएको समाचार आतिश तासिरले लेखेका थिए । 

यो पनि : 

आतिश तासिरका पिता सलमान तासिर पाकिस्तानका उदारवादी नेता रहेको खुलेको छ। सलमानलाई उनकै अंगरक्षकले पाकिस्तानमा इश्वरको निन्दा गरिने कानुनविरुद्ध बोलेको भन्दै गोली हानी हत्या गरेका थिए। तासिरकी आमा भारतकी चर्चित पत्रका तवलिन सिंह हुन्, जो प्राय मोदीकै समर्थनमा उभिन्छिन्।

टाइमको कभर स्टोरीमा सोधिएको छ, 'के विश्वकै सबैभन्दा ठुलो लोकतन्त्रमा एक पटक फेरि पाँच वर्षका लागि मोदी सरकारलाई चुन्‍नेछन्?' टाइमको यस कभर स्टोरीको सामाजिक सञ्जलमा धेरै चर्चा भइरहेको छ। मोदीका विरोधीका लागि यो कभर स्टोरी आलोचना गर्ने गजबको मसला भएको छ।

यस पत्रिकामा एक अर्को आलेख प्रकाशित गरिएको छ। यो आलेख राजनीति विज्ञ इयन ब्रेमरको हो। जसको शीर्षक, 'आर्थिक सुधारका लागि मोदी भारतका सर्वश्रेष्ठ आशाका किरण।'

शनिवार भाजपा प्रवक्ता सन्बित पात्राले टाइम म्यागेजिनमा तासिरको आलेखलाई मोदीको बदनाम गर्न पाकिस्तानको अप्रत्यक्ष कोशिशको संज्ञा दिएका छन्। 'यस आलेखका लेखक को हुन्? थाहा पाउनु जरुरी छ। यसका लेखक एक पाकिस्तानी हुन्। एक पाकिस्तानी नागरिकले मोदीलाई महाविभाजनकारी भने र त्यसलाई राहुल गान्धीले ट्वीट गरे। एक पाकिस्तानीसँग हामी यो भन्दा के अपेक्षा गर्न सक्छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.