|

मुगु : नेपालको सबैभन्दा ठूलो ताल रारामा आगमी जेठ ८ गतेबाट कर्णाली प्रदेशस्तरीय म्याराथुन हुने भएको छ। जैविक विविधताको संरक्षण गर्न र राराको पर्यटन पूर्वाधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ कर्णाली प्रदेशस्तरीय म्याराथुन हुने भएको हो।

खेलकुद पर्यटनको विकास गर्न रारामा पहिलो पटक नेपाली सेनाले म्याराथुनको आयोजन गर्न लागेको नेपाली सेनाले जनाएको छ। प्राकृतिक सोन्दर्यले मनोमोहक रारालाई देश विदेशसम्म चिनाउन जैविवक विविधतको बारेमा सचेतना फैलाउन र नयाँ म्याराथुन खेलाडी उत्पादन गर्न जैविवक विविधत दिवसको अवसर पारी जेठ ८ गते रारामा पटक म्याराथुन गर्न लागेको नेपाली सेना श्रीदल गुल्मका गुल्मपती रवि केसीले बताए।

प्रदेश स्तरीय म्याराथुनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सर्वसाधरणसहित कर्णाली प्रदेशका १० जिल्लाका खेलाडीले प्रतियोगितमा भागलिन पाउने छन्। रारा वरिपरि १५ किलोमिटर दौड्नु पर्ने छ। प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार पाउने आयोजक नेपाली सेनाले जनाएको छ।

खेलकुदबाट पर्यटनको विकास गर्न नेपाली सेनाले गर्न लागेको म्याराथुन सकारात्मक भएको र राराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। कणाली प्रदेशको गहना रारामा हुन गइरहेको म्याराथुन प्रतियोगित सफल पार्न जिल्लाका सरोकारवाला निकाय, खेलकुद विकास समिति पत्रकार सबैले साथ दिन प्रजिअ घिमिरेले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.