|

कैलाली : कैलालीको बेहडाबाबा उच्च माध्यमिक विद्यालय उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझासहति तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओझासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

उनीहरुले विद्यालयमा गैरहाजिर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई नक्कली हाजिर गरेर पैसा खाएको खुलेको छ । 

तीनैजनाले २०७० साल जेठ १४ गतेदेखि २०७३ बैशाख मसान्तसम्म गैरहाजिर रहेका शिक्षकको नाममा माग फारम भरी तलवभत्ता खाएको आरोपमा मुद्दा दायर भएको हो । 

उनीहरुले विद्यालयको सामान खरिद तथा तोकिएको शीर्षकमा रकम खर्च नगरी झुट्ठा बिल भर्पाई बनाई निकासा गरेर हिनामिना गरेको पनि अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उनीहरुले ११ लाख ४२ हजार २ सय ७२ रूपैंया ९७ पैसा हिनामिना गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.