|

जाजरकोट : आफ्नो काम पूरा नगर्ने तर अर्कोको मात्र चर्को आलोचना गर्ने प्रवृति बढेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए। गृह जिल्ला जाजरकोट आएका मन्त्री बस्नेतले जिल्ला समन्वय समितिको पाँचौ सभालाई सम्वोधन गर्दै वन तथा वातावरण मन्त्री बस्नेतले यस्ताे बताएका हुन्।

मन्त्री बस्नेतले जाजरकोटको परिचय फेरिसकाले अव नयाँ जाजरकोट र समृद्धि सहितको जिल्ला बनाउन लागेको बताए। उनले राष्ट्र सेवक कर्मचारीले आफ्नो कार्यालयको काम भन्दा पनि दुनियाँ भरका कुरामा टिप्पणी गर्ने फुर्सद भएको बताए। उनले सवैले आआफ्नो जिम्मेवारी पूरा गरेमा समृद्धि भन्ने कुरा टाढा नभएको पनि बताए। मन्त्री बस्नेतले भने, 'यसै वर्षभित्र जाजरकोट अस्पतालमा नयाँ सुविधायुक्त भवनका लागि वोलपत्र आवह्वान गरी काम सुरु गरिने छ। जिल्लाका सवै सडकमा डिपिआरको काम करिव करिव पूरा भएको छ। आउँदो वर्षबाट कालोपत्रेको काम सुरु हुन्छ।' 

राजनीतिक व्यवस्था पूरा भएकाले अव आर्थिक व्यवस्थासहित जनताको अवस्था बदल्नु अहिलेको मुख्य काम रहेको उनले बताए।उनले भने,' हिजो संक्रमण कालको समयमा उठाएको फाइदा अहिले पनि उठाउँछु भन्ने कसैलाई लागेको छ भने त्यो सरासर गलत छ। अव सवै सचिने बेला आएको छ।' उनले जाजरकोट जिल्लाभित्र रहेको मध्य पहाडी लोकमार्गका पुल, छिन्चु-जाजरकोट सडक खण्डको बिभिन्न ठाउँमा रहेका पुलहरूको निरीक्षण समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.