२० घर उच्च जोखिमा, प्रहरी पुग्यो

|

काठमाडौं : पूर्वी नवलपरासीको गैँडाकोट–३ को एक बस्तीमा आगो लागेको छ । तीव्र हावाहुरीपछि बस्तीमा भीषण आगो लागेको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए।

वडा नं ३ को ढोडेनीमा जंगल छेउको बस्तीमा आगो लागेको हो । केही दिनदेखि जंगलमा लागिरहेको आगो हावाहुरीले बस्ती ल्याएको वडाध्यक्ष तिवारीले जानकारी दिए। 

आगलागीबाट टोलनाथ आचार्य र केदारनाथ मिश्रको घर क्षतिग्रस्त भएको छ । आगो निभाउन चितवनबाट दमकल र इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थल पुगिसकेको प्रहरी प्रहरी निरिक्षक लोकबहादुर जिसीले जानकारी दिए।

घटनास्थलबाट स्थानीयले आगो बस्ती पसेको जानकारी स्थानीय सञ्चारमाध्यममा गराएका थिए । घटनास्थलमा कसैसँग पनि सम्पर्क हुन नसकेको प्रहरी निरिक्षक जिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.