|

दाङ : दाङमा ध्वासे चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ५ प्रहरी अनुसन्धान टोलीले भालुवाङ प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता टीकाबहादुर कार्कीले बताए। उनका अनुसार आइतबार विहान साढे १० वजेतिर राप्ती गाउँपालिका १ भालुवाङ बजारमा शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा उनीहरूलाई चेकजाँच गरिएको थियो।

पक्राउ पर्नेहरूमा स्थानीय २० वर्षीय विष्णु खनाल, २६ वर्षीय शालिकराम भण्डारी र ३२ वर्षीय दिपक भण्डारी रहेका छन्। उनीहरूले सेतो प्लाष्टिक बोरामा लुकाई राखेको अवस्थामा ध्वाँसे चितुवा जस्तो देखिने जनावरको छाला बरामद गरिएको हो।

पक्राउ परेका तिनै जनालाई आवश्यक अनसुन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय भालुवाङको नियन्त्रणमा राखीएको बताइएको छ। उनीहरूलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.