विश्व

जलवायु परिवर्तनका विषयमा विश्व ‘गलत बाटोमा’ : गुटेर्रेस
SHARES

File Photo
बैशाख २९, २०७६

    जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसल बताएका छन्।

    दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसंघ प्रमुखले न्यूजिल्याण्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'हामीले पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्त गर्न गर्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।'

    'अन्तर्राष्ट्रिय राजनीतिक संकल्प हराउँदै गएको छ, खासगरी यसबाट साना टापूहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका छन्, धेरै प्रभावित भइरहेका छन्।'

    जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सीमित गर्ने योजनाअघि सारेको भए पनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका उनको भनाइ थियो।

    विरोधाभासको कुरा के छ भने पृथ्वीको तापक्रम झनभन्दा झन बिग्रिँदै गएको तर राजनीतिक कदमहरू विस्तारै प्रभावहीन बन्दै गएका उनले न्यूजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अर्डर्नसँगको संयुक्त प्रेस सम्मेलनमा अकल्याण्डमा बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]