|

तनहुँ : जिल्ला कारागार तनहुँका कैदीबन्दीले बनाएको मुडाले विक्री वितरणमा समस्या भएको छ। बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुडा ल्याउन थालेपछि कैदीबन्दीले बनाएका मुडाले बजार पाउन छाडेकाले विक्रीवितरण बन्द भएको छ।

पछिल्लो दुई महिनादेखि कैदीबन्दीले बनाएका मुडा टिकाउ र बलियो भएपनि विक्री ठप्प भएको छ। विभिन्न अपराधको सजाय भोगिरहेका कैदीबन्दीले बनाएका मुडाको पहिले जिल्लाभन्दा बाहिर माग हुनेगथ्र्यो तर सस्तो मूल्यमा बाहिरबाट ल्याउँदा समस्या भएको कैदीबन्दी बताउँछन्। बनाएर राखिएको मुडा पछिल्लो समय विक्री हुन छाडेको कैदीबन्दीको गुनासो छ। बनाइएका मुडा विक्री हुने छाडेपछि सदाका लागि काम लाग्ने तालिम दिनुपर्ने माग कैदीबन्दीले गरेका छन्।

बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुडा आउन थालेपछि आफूले बनाएको मुडा विक्री हुन छाडेको बन्दी विष्णुहरी घिमिरेले बताए। घिमिरेले बन्दी जीवन विताइरहेको अवस्थामा सीप सिकेर घरखर्च चालउने गरिएको भए पनि मुडा विक्री हुँदा  कैदीबन्दी कमाई थोरै भएको बताउँछन्।

‘२५० र ३७५ रुपैयाँका गरी साइजअनुसार थोक मूल्यमा मुडा विक्री हुँदै आएको र हामीले बनाएको मुडाको अहिलेसम्म कुनै गुनासो आएको छैन,’ उनले भने ‘५०० मुडा बजारमा विक्री हुन छाडेपछि बनाउनै छाडेका छौँ, मेरो मात्रै करिव ४०० मुडा विक्री हुन बाँकी छ।’

बन्दी अवस्थामा समयको सदुपयोग र आम्दानीको बाटोको रुपमा रहेको मुडा विक्री नहुँदा चिन्तित बनाएको कैदीबन्दीको भनाई छ। ‘एउटा मुडा विक्री गर्दा ५० रुपैयाँ नाफा हुने र एउटा मुडा तयार गर्न दुई/तीन दिन लाग्ने भएकाले श्रम अनुसारको प्रतिफल नपाएको भए पनि फुर्सदको समयको गरेको कामबाट मासिक चार/पाँच हजार कमाई गर्दै आएका छौँ,’ उनले भने। 

कारागारका कैदीबन्दीमध्ये ७० जनाले मुडा बनाउने काम गर्ने गरेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए। मुडा उडाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्दै आएका छन्।

मुडा उठाएको १५, टायर राखेको १०, बिट मारेका र बुट्टा भरेको ३०/३० रुपैयाका दरमा कैदीबन्दीले रकम प्राप्त गर्ने गरेको अधिकारीले बताए। उनले मुडा विक्रीका लागि विभिन्न क्षेत्रसँग पहल गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.