खेलकुद

आइपिएल पुरस्कार : मुम्बईले पायो ३२ कराेड, कसले के पाए?
SHARES

बैशाख ३०, २०७६

    इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले फाइनलमा चेन्नईलाई तेस्रो पटक पराजित गर्‍यो। अन्तिम बलमा १ रनको रोमान्चक जित निकालेको मुम्बईले २० करोड भारतीय रुपैयाँ अर्थात ३२ करोड नेपाली रुपैयाँ  प्राप्त गर्‍याे। उपविजेता बनेको चेन्नई भने १२ करोड ५०  लाख भारु प्राप्त गर्‍यो। 

    त्यस्तै प्रतियोगितामा सर्वाधिक रन बनाएका डेविड वार्नरले अरेन्ज क्याप जिते। उनले १२ खेलमा ६९२ रन रन जोड्न सफल भएका थिए। वार्नरले अरेन्ज क्याप जितेसँगै लगातार तेस्रो सिजन यो उपाधि विदेशी खेलाडीको नाममा रह्यो। आईपीएलमा दोस्रो पटक स्पिनरले पर्पल क्याप जिते। चेन्नईका इमरान ताहिरले पर्पल क्वाप जिते। उनले २६ विकेट हात पार्न सफल भए। वार्नर र ताहिरले १०–१० लाख प्राप्त गरे।

    कस्ले के पाए (सबै रकम भारुमा)

    परफेक्ट क्याच अफ द सिजन : क्यारन पोलार्ड- १० लाख

    स्टाइलिस प्लेयर अफ द सीजन :  लोकेश राहुल- १० लाख

    गेम चेन्जर अफ द सिजन : राहुल चाहर- १० लाख

    इमर्जिङ प्लेयर अफ द सीजन : शुभम गिल - १० लाख

    पर्पल क्याप (सर्वाधिक विकेट) : इमरान ताहिर- १० लाख

    अरेन्ज क्याप: डेभिड वार्नर (सर्वाधिक बढी रन)- १० लाख

    मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर : आन्द्रे रसेल- १० लाख

    सुपर स्ट्राइकर अफ द सिजन : आन्द्रे रसेल- कार र ट्रफी

    फेयर प्ले अवार्ड : सनराइजर्स हैदरावाद- ट्रफी

    फास्टेस्ट फिफ्टी:  हार्दिक पान्ड्या (कोलकताविरुद्ध १७ बलमा ५० रन)- १ लाख

    वेस्ट ग्राउन्ड (७ खेल बढीमा) : हैदराबाद- ५० लाख

    वेस्ट ग्राउन्ड (७ भन्दा कम खेलमा) : पन्जाब - २५ लाख

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]