|

स्पेनिस ला लिगामा बार्सिलोना च्याम्पियन बनिसकको छ। तर अन्तिम खेल अघिसम्म पनि रियल म्याड्रिडको खराब प्रदर्शन भने रोकिएन्। आइतबार भएको खेलमा रियल म्याड्रिडले रियल सोसीडाडसँग फराकिलो हारको सिकार भयो। १० खेलाडीमा समेटिएको रियल सोसीडाडको मैदानमा ३-१ ले पराजित भयो।

खेलको छैटौं मिनेटमा ब्राहिम डियाजले रियललाई अग्रता दिलाएका थिए। २६ औं मिनेटमा मकेल मेरिनोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए। पहिलो हाफको ६ मिनेट बाँकी रहँदा रियल १० खेलाडीमा सिमित भयो। जेसस भालेहोले सिधै रातो कार्ड खाएपछि रियल संकटमा परेको थियो। उनले ह्यान्डबल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। यद्यपी विलियन जोसेले पेनाल्टीमा गोल गर्न भने सकेनन्।

दोस्रो हाफको ५७ औं मिनेटमा जोसेबा जाल्दुआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसको १० मिनेटपछि आन्दर बारेनेटजेयाले सोसीडाडको अग्रता दोब्बर पारे। रियलले थप समयमा गोल गर्न नसक्दा ३-१ को  हार बेहोर्यो।  हारसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा सिमित रहेको छ। रियलले ३७ खेलमा ५८ अंक जोडेको छ। चौथो स्थानको भ्यालेन्सियाको ५८ तथा पाँचौ स्थानको गेटाफेको पनि ५८ अंक रहेको छ। रियलले अन्तिम खेलमा रियल बेटिसको सामना गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.