|

कपिलवस्तु : कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–६ रामापुरका ३२ वर्षीय शेषराम यादव र मायादेवी गाउँपालिका–७ रतनपुरका ४० वर्षीय सर्वजित यादव रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डको कपिलवस्तु नगरपालिका–६, निगालिकोटमा आइतबार राति दुर्घटना भएको हो। जीतपुरबाट सदरमुकाम तौलिहवातर्फ आउँदै गरेको लु ९ प ४६६४ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनाबारे थप अनुसान्धान भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए। मृतक दुवैको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.