|

पश्चिम अफ्रिकी मुलुक बुरकीना फासोको एक चर्चमा अज्ञात बन्दुकधारीहरुले आक्रमणमा गरि ६ जनाको हत्या गरेका छन्।

प्रार्थनाको समयमा बन्दुकधारी चर्चभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा भागदौड मच्चिएको थियो। मारिनेमा एक पादरी पनि रहेका छन्। २० देखि ३० जनाको संख्यामा आएका हमलाकारीले आक्रमणपछि चर्चमा आगो लगाएका थिए।

हमला लगत्तै ती बन्दुकधारीहरुले नजिकैको स्वास्थ्य केन्द्रमा लुटपाटसमेत गरेका थिए। गत पाँच साताभित्र चर्चमा भएको यो तेश्रो आक्रमण हो। बुरकीनामा फासोमा सक्रिय लडाकु समूह अलकायदा, इस्लामिकसँग जोडिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.