|

काठमाडौं : सरकारले केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने भएको छ। प्रमुख राजनीतिक दल कांग्रेस, एमाले  र माओवादी केन्द्रबीच मंगलबार भएको छलफलमा छिट्टै मिति तोक्ने विषयमा सहमति भएपछि सरकारले मिति घोषणाको तयारी गरेको हो।

राजधानीमा मंगलबार १३ औं ज्यापू दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सरकारले केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताए।

सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनमा केन्द्रित रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानको सर्वस्वीकार्यता बढाउँदै सरकारले  निर्वाचन गराउने उल्लेख गरे।'सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वय र निर्वाचनमा केन्द्रित छ। आज मात्रै तीन दलका नेताबीच निर्वाचनको मिति घोषणा गर्ने र संविधान संशोधनलाई टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ,प्रधानमन्त्री दाहालले भने,'अबको केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुन्छ।'

 प्रधानमन्त्री दाहालले हिमाल, पहाड, तराई सबै क्षेत्रका समुदायलाई एकतावद्ध बनाएर मात्रै राष्ट्रियता बलियो हुने भएकाले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथामिकता भएको उल्लेख गरे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.