|

मुगु : जिल्ला सदरमुकामा गमगढीको कृष्णचाेकमा सोमबार अरु दिन भन्दा धेरै चहल पहल थियो। विद्यार्थी, स्थानीय महिला, बालबालिकादेखि वृद्धवृद्धासमेत चोकमा झुम्मिएका थिए। चोकमा जैविक विविधता संरक्षणसम्बन्धी सडक नाटक 'बन बचाऔं' प्रदर्शन तयारी भइरहेकाे थियाे। 

मुगुमा जथाभावी बन जंगल फँडानी गर्नाले दिनप्रति दिन बन जंगल मासिदै गहेको छ। वन जंगल मासिएका कारण वन्यजन्तुले दुख पाएका छन भने मान्छेलाई पनि अनेकौ समस्याले सताएको छ। पानीका मुहान सुक्दै गहेका छन्। रुख रोपौ, बन जोगाऊ, वन नै हो धन, सन्देश दिन तथा वन फँडानी रोक्न जैविक विविधता संरक्षण गर्न टेवा पुगोस् भनेर सडक नाटक सञ्चालन गरिएको थियाे। जैविक विविधता संरक्षण बारेमा स्थानीयलाई जानकारी होस् भन्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको हो। 

कर्णाली आर्ट सेन्टर मुगुकोे आयोजना तथा डिभिजन कार्यालय मगुको आर्थिक सहयोगमा नाटक प्रदर्शन गरिएको हो। स्थानीय नागरिकलाई जैविक विविधता भनेको के हो? वन जंगल फँडानी गर्दा वन्यजन्तु र मान्छेमा पर्ने समस्याका बारेमा स्थानीयलाई जानकारी गराइएको कर्णाली आर्ट सेन्टर मुगुले जनाएको छ।

मुगुमा बढ्दो वन फँडानीले जैविक विविधता संरक्षणमा ह्रास आएकाले, त्यसको रोगथाम गर्न र जैविक विविधता संरक्षण गर्दा हुने फाइदाका बारेमा जानकारी होस् भन्ने उद्देश्यले नाटक प्रदर्शन आवश्यक देखिएकाले जैविक विविधता संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको हो।

आइतबार छायाँनाथ रारा नगरपालिकाको १३ वडा रुगा गाउँमा र सोमबार मुगु सदरमुकाम गमगढीको कृष्ण चोकमा नाटक प्रदर्शन गरिएको कर्णाली सेन्टर मुगुका अध्यक्ष हिरा बिजुली नेपालीले बताए। 

सडक नाटक हेर्न आएका सहभागीले जैविक विविधतका  बारेमा जान्न बुझ्न पाएका थिएनौं भन्दै नाटकबाट धेरै जान्न बुझ्न पाएको बताएका छन्। यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.