|

जनकपुरधाम : गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरी प्रभावितहरुलाई प्रदेश १ को सरकारले एक करोड रुपैयाँ प्रदान गरेको छ । 

बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश २ सरकारका प्रमुख लालबाबु राउतलाई सोमवार एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं. १ ले सानो सहयोग गरेर प्रदेश नं. २ को विपतमा सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १ को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि  प्रदेशबीचको सहकार्य मजबुत बनाउने आधार प्रारम्भ भएको बताए । बारा–पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.