|

चितवन : संकटा क्लब सिएमएस भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबलाई टाई बेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। 

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाई बेकरबाट लिइएको हो। टाई बेकरमा संकटाका लागि अमित तामाङ, इरस्ट्रिम र रोवन लिम्बूले गोल गरेका थिए। उता जावलाखेलका लागि विशाल तामाङले १ गोल गरे। 

संकटा बाई पाएर सिधै क्वार्टर फाइनलमा प्रवेश गरेको टिम हो भने जावलाखेल विजय युथ क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो। आजको खेलमा संकटाका टिम क्याप्टेन म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार पाएका छन। प्रतियोगिताअन्तर्गत मंगलवार बीरगंज युनाइटेड र एपिएफ भिड्ने छन्। यी दुई टिमबीचको खेल अपरान्ह ४ बजेपछि हुने रेफ्रि सुक्र तामाङले जानकारी दिए। 

नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामी जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.