खेलकुद

भरतपुर गोल्डकप : एपीएफ र वीरगञ्ज युनाइटेड भिड्दै
SHARES

बैशाख ३१, २०७६

    चितवन : सीएमएस भरतपुर गोल्डकपको चौथो क्वार्टरफाइनलमा एपीएफ र वीरगञ्ज युनाइटेड भिड्दै छन्। यी दुई टिमबीचको खेल मंगलबार अपराह्न ४ बजेपछि हुने प्रतियोगिताका संयोजक प्रकाश भुजेलले जानकारी दिए । 

    एपीएफ पहिलो चरणको खेलमा वीरगञ्ज युथ एकेडेमिलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । वीरगञ्ज युनाइटेडले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको छ। बाई पाएर क्वार्टरफाईनलमा पुगेको थ्रीस्टार अनुपस्थित भएपछि उसको स्थानमा वीरगञ्ज युनाइटेडले खेल्ने मौका पाएको हो।

    अहिलेसम्म संकटा क्लब, झापा ११ र चितवन ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।  

    नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गतेदेखि जारी प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ। ए जे इन्टरनेसनलको आयोजनामा भइरहेको प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद तीन लाख रुपैयाँ पाउने छन्।  
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]