खेलकुद

यसकारण प्रतिबन्धमा परे फुपु र रमेश
SHARES

बैशाख ३१, २०७६

    नेपाल जुडो संघले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्न सफल फुपुल्याम्यु खत्री र कास्य विजेता रमेश मगरलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। फुपुलाई टोकियो ओलम्पिक २०२० सम्म सहभागी हुन पाउने छैनन् भने रमेशलाई १० वर्षको प्रतिवन्ध तोकिएको छ। फुपुलाई गत १० फागुनको बैठकले नै प्रतिवन्ध गर्दा रमेशलाई गत २० गतेको बैठकले कारबाही गर्ने निर्णय गरेको जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए।

    जापानबाट सुटुक्क  नेपालमा

    फुपु आइओसी सोलिडारी कार्यक्रमअनुसार जापानमा प्रशिक्षणमा गएकी थिइन्। तर उनी बिचमा नै प्रशिक्षण त्यागेर नेपाल फर्किइन्। उनले नेपाल र जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेर स्वदेश फर्किएको आरोप संघले लगाएको छ।

    साथै संघले जापानमा प्रशिक्षणमा रहँदा समेत त्यहाँको रिर्पोटको आधारमा समेत फुपुलाई प्रतिबन्ध लगाइएको संघले जनाएको छ। संघले फुपुलाई आगामी टोकियो ओलम्पिक्स २०२० सम्म कुनै पनि जुडो सम्बन्धी कार्यक्रममा सहभागी नगराउने गरि प्रतिबन्ध लगाएको छ।

    पलायन भएको आरोप

    आइजेएफ एकेडेमी लेभल–१ को ११ हप्ते परीक्षामा उतिर्ण भएका रमेश प्रयोगात्मक परीक्षाका लागि हंगेरी गएका थिए। तर  गत अप्रील १४ मा हंगरी गएका रमेश उतै पलायन भएको जुडो संघको आरोप छ। संघले रमेश परीक्षामा सहभागी नभई विदेशमा नै पलायन भएको भन्दै देशको छवि तथा नेपाल जुडो संघको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेको भन्दै १० वर्षसम्म जुडो सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागि नगराउने निर्णय गरेको संघले जनाएको छ।

    फुपुले सन् २०१६ मा भारतमा भएको सागमा स्वर्ण जितेकी थिइन्। त्यहि वर्ष फुपुले रियो ओलम्पिक पनि सहभागिता जनाएकी थिइन्। नेपाली जुडोमा यो वर्षपनि सागमा मेडलको अपेक्षा गरेकी फुपुलाई जुडो संघ र ओलम्पिक कमिटीको सिफारिसमा जापान पठाइएको थियो। ८ महिना जापानमा प्रशिक्षण गरेकी फुपुले मानसिक रुपमा तनावमा रहेकाले नेपाल फर्किएको बताउँदै आएकी छिन्।

    सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुदमा लिफ्ट दुर्घटनाका कारण घाइते भएर खेल्न नपाएका रमेशले भने दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेका थिए। यद्यपी उनको चोट बल्झीरहने गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]