|

कैलाली : टीकापुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ। 

मंगलबार बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से १ त १११६ नम्बरको ट्रयाक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ का ४० वर्षीय चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो। यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ। चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएको छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.