खेलकुद

त्रिकोणात्मक सिरिजको फाइनलमा बंगलादेश
SHARES

बैशाख ३१, २०७६

    डब्लिनमा भइरहेको आयरल्यान्ड, वेस्टइन्डिज र बंगलादेश सम्मिलित त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको फाइनलमा बंगलादेशले स्थान बनाएको छ। सोमबार राति भएको पाँचौं खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेश फाइनलमा स्थान बनाएको हो।

    अव उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजकै सामना गर्ने छ। घरेलु टोली आयारल्यान्ड भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ। सोमबार राति २४८ रनको लक्ष्य पछ्याएको वंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

    बंगलादेशका लागि विकेट किपर ब्याट्सम्यान मुश्फिक रहिमले ७३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाएका थिए। त्यस्तै सौम्य सरकारले ६७ बलमा ४ चौका र २ छक्कासहित ५४, रन बनाउँदा तमिम इकवाल २१, सकिब अल हसन २९, मोहम्मद मिथुन ४३ रनमा आउट हुँदा महमुदूल्लाह ३० रनमा अविजित रहे। वेस्ट इन्डिजका लागि एलशे नर्शले ३,केमर चेस र जोसन होल्डरले समान १ विकेट हात पारे।

    त्यसअघि डबलिनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन तयार गरेको थियो। उसका लागि ओपनर साई होपले सर्वाधिक ८७ रन बनाए। उनले १८ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान जोसन होल्डरले ७६ बलमा ३ चौका र १ छक्कासहित ६२, सुनिल एम्ब्रिसले २३, रोस्टन चेजले १९, एस्ली नर्शले १४ रन जोडे। अन्यले भने दोहोरो अंकमा रन छुन सकेनन्।

    बंगलादेशका मुस्ताफिजुर रहमानले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए। त्यस्तै कप्तान मोशर्फे मोतर्जाले ३, मेहदी हसन र सकिब अल हसनले समान १–१ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]