विश्व

ह्वाट्सएपमा जासुसी सफ्टवेयर, फेसबुकले भन्यो- सचेत हुनुस्
SHARES

बैशाख ३१, २०७६

    सन्देश प्रवाहक एप ह्वाट्सएपमा भएको सुरक्षा चुकका कारण मोबाइल फोनमा एक जासुसी सफ्टवेयर इन्स्टल भएको फेसबुकले स्वीकार गरेको छ।

    बेलायतको अखबार फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टकाअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनी ने विकास गरेको थियो।

    उक्त जासुसी सफ्टवेयरलाई ह्वाट्सएप फोनको माध्यमबाट प्रयोगकर्ताको फोनमा इन्स्टल गरिएको थियो।

    अखबारले प्रकाशित गरेको रिपोर्टअनुसार प्रयोगकर्ताले फोन रिसिभ नगर्दाको अवस्थामा फोनमा उक्त जासुसी सफ्टवेयर इन्सटल हुने गर्छ।

    क्यानडाका अनुसन्धाताका अनुसार यो जासुसी सफ्टवेयरले मुख्यतः मानवअधिकार कार्यकर्ता र अधिवक्ताहरूलाई निशानामा राखेको थियो।

    रिपोर्टअनुसार फेसबुकका इन्जिनियरहरू यो गल्ती सुधार्न आइतबारसम्म लागेका थिए। फेसबुकले प्रयोगकर्ताहरूलाई नयाँ भर्सनको ह्वाट्सएप अपडेट गर्न पनि आग्रह गरेको छ।

    अहिलेसम्म कति प्रयोगकर्ता यो जासुसीबाट प्रभावित भए भन्ने यकिन भइनसकेको फेसबुकले जनाएको छ। निश्चित व्यक्तिहरूलाई मात्रै निशाना बनाइएको हुनसक्ने आँकलन गरिएको छ।

    संसरभर करिब १५० करोडले ह्वाट्सएप प्रयोग गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]