|

दैलेख : नारायण नगरपालिका–५ छात्तीकोटमा विवाहमा दुई समूहबीच झडप हुँदा एक  युवकको हत्य भएको छ। आफन्तको विवाहमा गएका बेला दुई समूहबीच झडप हुँदा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ।

थापाको गाउँकै पहलसिं सारु र दानबहादुर थापाको समूहबीच मदिरा सेवन गरेर झगडा भएको थियो। झडपका बेला राति १२ बजे थापाको मृत्यु भएको भन्ने खवर आएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

मृतक प्रेमबहादुर थापाको शव अहिले जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पोष्ट मार्टमका लागि ल्याइएको छ। घटनामा संलग्न व्यक्तिहरु खोजी जारी रहेको र अनुसन्धान भैरहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.