समाज

सामुदायिक वनमा आगो लगाउने रंगेहात समातिए

बैशाख ३१, २०७६

    सल्यान : सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् । 

    शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो । 

    वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै गरेको अस्थामा वनबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख बिमल डाँगीले बताए । खाँडले लगाएको आगो नियन्त्रणमा लिइएको छ । 

    आगो लगाउने खाँडलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको छ। वन जंगलमा आगो लगाउने कसैलाई पनि नछाड्ने उनले बताएका छन । 

    जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डढेलो लागिरहेको छ । डढेलोका कारण अहिलेसम्म एक जनाको मृत्यु भइसकेको छ। एकजना गम्भीर घाइते भएका छन् । डढेलोबाट दर्जन बढी घरगोठ खरानी भएका छन् । आगो लगाउनेलाई कारबाही हुने उनले बताए ।

    जिल्लाका सबै सुरक्षा निकाय, डिभिजन वन कार्यालयले विभिन्न स्थानमा सचेतामुलक कार्यक्रम गरे पनि वनमा डढेलो कम हुन सकिरहेको छैन । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]